Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रौतहटमा बिचौलिया पक्राउ, प्रहरी निगरानी कडा

रौतहटमा बिचौलिया पक्राउ, प्रहरी निगरानी कडा

  • काठमाडौं । जिल्ला प्रशासनको कडाइसँगै रौतहटमा सरकारी कार्यालय वरिपरि सक्रिय बिचौलियामाथि प्रहरीले निगरानी बढाएको छ । सोही क्रममा मालपोत कार्यालय चन्द्रनिगाहपुर परिसरबाट एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार सोमबार दिउँसो करिब १ बजेतिर खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका–४ स्थित मालपोत कार्यालय क्षेत्रबाट कटहरिया नगरपालिका–९ का २४ वर्षीय रितेश कुमार यादवलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    प्रहरी नायब उपरीक्षक रुपा लाबुङका अनुसार यादवले सेवाग्राहीलाई विभिन्न काम छिटो गरिदिने भन्दै प्रलोभन देखाएर अवैध रूपमा रकम असुल गर्ने गतिविधिमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघि जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार सूचना जारी गर्दै जिल्लाभरका सरकारी कार्यालयभित्र तथा वरिपरि बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको थियो । प्रशासनको उक्त निर्णयसँगै प्रहरी सक्रिय बनेर निगरानी र कारबाहीलाई तीव्र बनाएको देखिएको छ ।

    प्रहरीले यस्ता अवैध गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने चेतावनी दिँदै सेवाग्राहीलाई बिचौलियाको प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij