Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टेलिकमको "एसईई अफर २०८२" : विद्यार्थीलाई २० रुपैयाँमै नयाँ सिमकार्ड

टेलिकमको "एसईई अफर २०८२" : विद्यार्थीलाई २० रुपैयाँमै नयाँ सिमकार्ड

  • काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८२ उपलब्ध गराएको छ । यस अफर अन्तर्गत विद्यार्थीहरुलाई नयाँ सिमकार्ड उपलब्ध गराइने छ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले समेत सोही नम्बरमा उक्त अफर प्राप्त गर्न सक्ने छन् । एसईई अफर आज ९२०८२ चैत २६० देखि सुरु भएको छ र आगामी २०८३ असार २६ गतेसम्म उपलब्ध हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    यसका लागि रु. २० मा नयाँ सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ । सिमकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । नयाँ सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ ।

    AGNI GROUP

    यसमा एसईई प्याकेज २०८२ अन्तर्गत ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा समेत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने सेवा सोही दिनका लागि मात्र कायम रहनेछ । अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु.५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।

    नयाँ सिम प्राप्त गर्नका लागि आवश्यक कागजातहरु

    नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र  (Admit Card) वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । 

    सिमकार्ड सक्रिय गर्न

    सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले *1414#  डायल गर्नुपर्नेछ । सो पश्चात् अफर प्राप्त गर्नका लागि *1600#  डायल गरी निर्देशन अनुसार गर्नपर्नेछ ।

    साथै पहिले नै प्रयोग भइरहेको सिममा समेत *1600#  डायल गरी प्राप्त निर्देशन अनुसार अंग्रेजी अल्फाबेट बाहेक एसईईको सिम्बोल नम्बर (SEE Symbol Number Without Alphabet )टाइप गरी सेन्ड(Send) गर्ने ।
    विक्रम संवतमा जन्म मिति ( Date Of Birth - DOB ) टाइप गरी Send गर्ने, DOB टाइप गर्दा YYMMDD Format मा टाइप गर्नुपर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij