Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपा सभापतिले फोन गरेर समर्थन छ भनेपछि उपसभामुखमा उम्मेदवारी दिएका हौँ : ज्ञानेन्द्र शाही

रास्वपा सभापतिले फोन गरेर समर्थन छ भनेपछि उपसभामुखमा उम्मेदवारी दिएका हौँ : ज्ञानेन्द्र शाही

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही सत्तारुढ दल रास्वपासँग कुराकानी भएपछि आफूले उम्मेदवारी दर्ता गरेको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    पार्टीकी सांसद सरस्वती लामाले उपसभामुखमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले रास्वपाका सभापति रवि लामिछानेसँग कुरा गरेरै उम्मेदवारी दर्ता गराएको जिकिर गरे।

    AGNI GROUP

    रास्वपाको समर्थन श्रम संस्कृति पार्टीलाई गरेको भन्नेबारे सञ्चारकर्मीहरूको जिज्ञासामा उनले भने, ‘ठिक छ, उहाँहरूले त्यो राजनीति गर्नुभएको रहेछ भने मलाई केही भन्नु छैन। रास्वपाको सभापतिले फोन गरेपछि हामीले दर्ता गराएका हौँ। यसमा झूटो बोल्नुपर्ने कुरा छैन।’

    उनले अर्को पार्टीलाई समर्थन गर्ने भए आफूलाई सभापति लामिछानेले किन फोन गरेको भन्दै प्रश्न गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij