Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उत्तराखण्डमा नेपाल–भारत मैत्री बस दुर्घटना, एक महिने बालिकासहित ९ जना घाइते

उत्तराखण्डमा नेपाल–भारत मैत्री बस दुर्घटना, एक महिने बालिकासहित ९ जना घाइते

  • काठमाडौं । हरिद्वारबाट नेपालतर्फ आउँदै गरेको ‘नेपाल–भारत मैत्री सेवा’ को बस आज बिहान करिब २ बजे उत्तराखण्डको गदरपुर नजिकै दुर्घटनामा परेको छ। गोपाल नगर टी-जंक्सन नजिकै अनियन्त्रित भई सडकबाट तल खेतमा खसेर बस पल्टिएको हो। युके १००५३ नम्बरको उक्त बसमा चालक दलका सदस्यसहित जम्मा ६५ जना सवार थिए, जसमा अधिकांश यात्रु नेपालको दाङ जिल्लाका रहेको खुलेको छ।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनाको समयमा पानी परिरहेको र चालकलाई निद्रा लागेका कारण बस अनियन्त्रित भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। बस पल्टिएपछि यात्रुहरूबीच भागाभाग र कोलाहल मच्चिएको थियो भने धेरै यात्रुहरू भित्रै फसिरहेका थिए।

    AGNI GROUP

    गदरपुर कोतवालीका प्रहरी प्रमुख सञ्जय पाठकका अनुसार, दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी र आपतकालीन सेवा ९११२ र १०८ एम्बुलेन्स० घटनास्थलमा पुगेका थिए। स्थानीय बासिन्दाको सहयोगमा बसको झ्यालका सिसाहरू फुटाएर भित्र फसेका यात्रुहरूको उद्धार गरिएको थियो।

    दुर्घटनामा परी घाइते भएका ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर छ। घाइते हुनेहरूमा नव्या नामकी एक महिने बालिकासमेत छिन्। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेकाले उनीहरूलाई थप उपचारका लागि रुद्रपुरस्थित ठूलो अस्पतालमा रिफर गरिएको छ। दुवै नेपाली हुन् । अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

    दुर्घटनापछि अन्य यात्रुहरूलाई सुरक्षित स्थानमा सारिएको छ। बस सञ्चालकलाई यसबारे जानकारी गराइसकिएको छ र यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन अर्को बसको व्यवस्था गरिँदैछ। राजमार्ग अधिकारीहरूले क्रेनको सहयोगमा दुर्घटनाग्रस्त बसलाई हटाएका छन् र अहिले यातायात सुचारु छ। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij