Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार चैत २७ गते राति १२ बजेदेखि लागू हुनेगरी दुवै सदनको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यसअघि राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij