Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

  • काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ। जसका कारण देशभरको मौसममा फेरबदल आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा सातै प्रदेशका विभिन्न स्थानमा वर्षा मापन गरिएको छ, जसमा पूर्वी नेपालमा मध्यमदेखि भारी वर्षा भएको छ।

    AGNI GROUP

    महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशको पहाडी र तराई क्षेत्रका साथै अन्य पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहनेछ। बाँकी तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

    कोशी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहनेछ। राति पनि कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले उल्लेख गरेकाे छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij