Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल

ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल

  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ विधि विरुद्ध, सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध भएको टिप्पणी गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको क्रममा बोल्दै उनले सरकारले राजनीतिक रुपले प्रतिशोध लिने कुनै पनि काम कारवाहीहरु गरेमा पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताए।

    AGNI GROUP

    उनले भने,‘राजनीतिक रुपले प्रतिशोध लिने ढंगले कुनै पनि काम कारवाहीहरु हुन्छ भने हाम्रो पार्टीले दृढतापूर्वक प्रतिकार गर्छौं। केपी ओली र रमेश लेखकको पक्राउ विधिका विरुद्ध र सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध गरिएको थियो। तथापी त्यसलाई सामान्यकरण गरियो।’ त्यस्तै उनले सम्पति छानविनको लागि नेकपाका सम्पूर्ण नेताहरु तयार रहेको बताए।

    ४६ सालदेखिको मात्रै नभई ७ सालदेखि कै सम्पति छनाविन गर्नुपर्ने उनको माग छ। ‘सम्पति छानविनको लागि हाम्रो पार्टी एकदमै तयार छ। हाम्रो पार्टीको सबै नेताहरुको छानविन होस्, तर २०४६ साल यताका मात्र होइन। जुजसुकै कालखण्डमा गलत ढंगबाट सम्पति जोडेका ७ सालदेखिकै सबैलाई छानविन गर्नुपर्छ। उनीहरुलाई किन जोगाउँदै छ यो सरकारले रु,’उनले भने।

    त्यस्तै नेता देवेन्द्र पौडेलले पुराना दलरुहरुले केही पनि नगरी यहाँसम्म आइपुगेको भन्ने गलत भाष्य निर्माण भएको बताए। हिजोपनि ठूला नेताहरुले गल्ति गर्दा सजाए पाएको उदाहरण दिँदै उनले अहिले नै पुरानाले गरेनन् नयाँले गरे भनेर तुलना गर्ने बेला नआएको धारणा राखे।

    उनले भने, ‘फिल्महरुले जस्तै देश अगाडि बढ्छ जस्तो मलाई लाग्दैन। पुराना दलरुहरुचाँही केही पनि नगरी यहाँसम्म आइपुगेको भन्ने मलाई लाग्दैन। संविधान बनाए, व्यवस्था फेरिए, कतिपय सुशासनको क्षेत्रमा पनि काम गरे। कमी कमजोरीहरु गर्ने पुरानाहरुलाई पनि हिजो अख्तियार थियो। कारवाही पनि गर्दै आएको हो। हिजोपनि कतिपय ठूला नेताहरु दण्डको भागिदार हुँदै आएको हुन् । त्यसैले पुरानाले गरेनन् नयाँले गरे भनेर अहिले नै तुलना गर्ने बेला आएको छैन।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij