Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ

वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुससहित पक्राउ परेका छन्।

    onlinepatrika
    Arghakhachi

    वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगारीसम्बन्धी मुद्दा मिलाइदिने बहानामा घुस माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको थियो।

    AGNI GROUP

    आयोगको टोलीले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

    त्यसपछि कार्यालय परिसरभित्रै गरिएको खानतलासीमा थप नगदसमेत बरामद भएको छ।

    कार्यालय परिसरभित्रको शौचालयबाट १५ हजार रुपैयाँ र उनको साथबाट स्रोत नखुलेको ७७ हजार ६ सय रुपैयाँ फेला परेको थियो।

    नगद र मोबाइल फोनसहित मस्राङ्गीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij