Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कानुन समितिमा भूमिका श्रेष्ठदेखि सुहाङ नेम्वाङसम्म

कानुन समितिमा भूमिका श्रेष्ठदेखि सुहाङ नेम्वाङसम्म

  • काठमाडौं । प्रतिनिधिसभाका विषयगत समिति गठन गरिएको छ । शुक्रबार (चैत २७) बसेको प्रतिधिसभामा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले समिति गठनको प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सभाबाट स्वीकृत गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    बैठकबाट प्रतिनिधिसभाका १० र दुई संयुक्त समिति गठन र सदस्यहरू मनोनयन गरिएको छ । प्रतिनिधिसभाका १० मध्येको एउटा हो, कानुन, न्याय तथा मानवअधिकार समिति । २४ सदस्यीय यो समिति गठन गरिएको छ ।

    AGNI GROUP

    यो समितिमा सांसदहरू कन्हैया बनिया, खिमा विक, गीता गुरुङ, नरेन्द्र साह कलवार, नीनुकुमार कर्ण, प्रकाशचन्द्र परियार सदस्य छन् ।

    यस्तै, बलावती शर्मा, भूमिका श्रेष्ठ, मदनकुमार श्रेष्ठ, मधुकुमार चौलागाईं, मनमाया विक, मनिष खनाल, मोहनलाल आचार्य, यज्ञमणि न्यौपाने, रचना खतिवडा, रामविनोद यादव, समीक्षा बास्कोटा, सरस्वती लामा सदस्य छन् ।

    साजिदा खातुन सिद्धिकी, सुलभ खरेल, सुशीलकुमार कानु, सुष्मा स्वर्णकार (डिम्पल), सुहाङ नेम्वाङ र स्मृति सेन्चुरी यो समितिका सदस्य छन् ।

    विषयगत समितिका सभापतिको निर्वाचन आउँदो वैशाख ४ गते हुने गरी मिति निर्धारण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij