Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ?

  • काठमाडौं । नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ । जसको प्रभावले मौसममा फेरबदल ल्याएको देशका विभिन्न भागमा मौसममा परिवर्तन ल्याएको छ ।

    onlinepatrika
    Arghakhachi

    अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ भने अन्य पहाडी भू–भागमा आंशिक बादल लागेको देखिन्छ । तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा नै रहेको छ ।

    AGNI GROUP

    देशका हिमाली भेगमा बादलको प्रभाव बढी रहने र पहाडी क्षेत्रमा आंशिक बदली हुने सङ्केत देखिएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य हिमाली भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशखाले जनाएको छ ।

    तराई क्षेत्रमा भने घाम लाग्ने र मौसम मुख्यतया सफा रहनेछ । हिमाली क्षेत्रमा हुने वर्षा र हिमपातले तापक्रममा केही गिरावट ल्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij