Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । वीरगंज महानगरपालिका वडा नम्बर ९ श्रीपुरमा महिलाको डेरामा आइतबार साँझ पुगेका प्रहरीको कुटपिटबाट मृत्यु भएको छ । कालिकामाई गाउँपालिका वडा नम्बर १ मुड्लीका २७ वर्षीय प्रहरी विकास चौरसिया महिलाको डेरामा पुगेको अवस्थामा उनको श्रीमान् सहितका केही व्यक्तिको सामूहिक कुटपिट तथा रड प्रहारबाट मृत्यु भएको पाइएको हो ।
रौतहटको कटहरिया घर भई वीरगंज-९ भारतीय दुतावास पछाडि डेरामा बस्दै आएकी महिलाको कोठामा साँझ करिब ५ बजे पुगेका प्रहरी र महिलाको श्रीमान्सँग भएको विवादले उग्र रुप लिँदा कुटपिट भएको हो । चौरसियालाई घरमै थुनेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।
ती महिलाका पति वैदेशिक रोजगारीबाट केही दिनअघि मात्रै वीरगंज आएको पाइएको छ । घटनामा संलग्न रहेका तीन पुरुष र एक महिलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij