Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

दुई सय ८६ किलो गाँजासहित दुई पक्राउ

दुई सय ८६ किलो गाँजासहित दुई पक्राउ

  • काठमाडौँ । धादिङबाट करिब दुई सय ८६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब दुई सय ८६ किलो ४०० ग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा नीलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका-५ बस्ने १९ वर्षीय होमबहादुर विक छन् ।

    AGNI GROUP

    इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको नौ ओटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij