Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।
सोमबार श्रीलंकाबाट काठमाडौं आएका भारतीय नागरिक इम्रान अहमदलाई गाँजासहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।
कोलम्बोबाट श्रीलंकन एयरलाइन्सको यूएल-१८१ नम्बरको उडानबाट आएका उनलाई विमानस्थलको भन्सार रि(चेकिङ क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले जाँच गर्दा गाँजा भेटिएको हो।
उनको साथबाट दुई किलोग्राम ९६ ग्राम गाँजा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी प्रवक्ता भट्टले बताए। उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij