Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपचारका लागि सुदूरपश्चिमका मुख्यमन्त्री शाह भारत प्रस्थान

उपचारका लागि सुदूरपश्चिमका मुख्यमन्त्री शाह भारत प्रस्थान

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारत प्रस्थान गरेका छन् । आज बिहान मुख्यमन्त्री शाह भारतको राजधानी दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मुख्यमन्त्री शाहको सचिवालयले दिएको जानकारीअनुसार उनी धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली गएका हुन् ।

    AGNI GROUP

    शाह लामो समयदेखि दायाँ खुट्टा, मेरुदण्ड (रीडको हड्डी) र नसासम्बन्धी समस्याबाट ग्रस्त छन् । गत मंसिरमा पनि नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा दुई साता उपचार गराएर मुख्यमन्त्री शाह स्वदेश फर्किएका थिए ।

    त्यसअघि मुख्यमन्त्री शाहले धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा काठमाडौंका वीर अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij