Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कार्यालयद्वारा सबै मन्त्रालयसँग सवारी साधनको विवरण माग

प्रधानमन्त्री कार्यालयद्वारा सबै मन्त्रालयसँग सवारी साधनको विवरण माग

  • काठमाडौँ- नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय र अन्तर्गतका विभाग एवं कार्यालयहरूमा प्रयोग भइरहेका सवारी साधनहरूको विस्तृत विवरण माग गरेको छ।

    onlinepatrika
    Arghakhachi

    कार्यालयले आज एक पत्र काट्दै सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको हो।

    AGNI GROUP

    सचिवस्तरको निर्णयअनुसार पठाइएको उक्त पत्रमा मन्त्रालय र त्यस मातहतका निकायहरूमा प्रयोगमा रहेका वा मर्मत कार्य भइरहेका सबै सवारी साधनहरूको विवरण उपलब्ध गराउन भनिएको छ।

    प्रधानमन्त्री कार्यालयले भोलि बैशाख ३ गते कार्यालय समयभित्रै प्राप्त हुने गरी विवरण पठाउन कडाइका साथ निर्देशन दिएको छ।

    विवरणका लागि एउटा निश्चित ढाँचा (तपसिल) समेत पठाइएको छ, जसमा सवारीको ब्रान्ड र मोडेल, नम्बर, गियर सिस्टम, इन्धनको प्रकार (डिजेल/पेट्रोल/विद्युतीय), प्रयोगकर्ताको नाम, पद र सवारीको वर्तमान अवस्था खुलाउनुपर्नेछ।

    668360919_1029748003563191_3444086857899735214_n-1033x1536.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij