Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दाइजो लेनदेन भएको विवाहमा उपसभामुख सहभागी नहुने !

दाइजो लेनदेन भएको विवाहमा उपसभामुख सहभागी नहुने !

  • काठमाडौँ । उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो लेनदेन भएको विवाहमा सहभागी नहुने बताएकी छिन् । सामाजिक सञ्जाल (फेसबुक) मार्फत उनले यस्तो बताएकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    ‘…दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु ।’, उनले लेखेकी छिन्, ‘कृपया दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौँ ।’

    AGNI GROUP

    दाइजो लिनु वा दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रुपमा अस्वीकार्य र कानूनी रुपमा दण्डनीय अभ्यास  हुने उल्लेख गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने बताएकी छिन् ।

    त्यस्तै, उनले विवाह निमन्त्रणामा ‘दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानूनी अपराध हो’ भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन पनि अनुरोध गरेकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij