Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। १३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा महालक्ष्मी नगरपालिकाका ४२ वर्षीय धन बहादुर गिरी पक्राउ परेका हुन्।
महालक्ष्मी नगरपालिका–६ गुठ बस्ने गिरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको टोलीले उनलाई बुधबार साँझ घरैबाट पक्राउ गरेको हो।
पक्राउ परेका गिरीमाथि थप कानुनी कारबाहीका लागि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij