Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

  • काठमाडौं । अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    विभागका प्रवक्ता निर्देशक टिकाराम ढकालले यसरी गैरकानुनी रूपमा प्रस्थान अनुमति दिने कर्मचारीमाथि आन्तरिक छानबिनको प्रक्रिया अघि बढाइएको बताए । संयुक्त अरब इमिरेट्स जान लागेका एक नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘Employment is strictly prohibited Visit till’ लेखिएको भन्ने विषय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभागको ध्यानाकर्षण भएको उनले बताए ।

    AGNI GROUP

    विभागले विज्ञप्तिमार्फत धेरै नेपालीका लागि विदेश यात्रा रहर मात्र नभई बाध्यता समेत भएको उल्लेख गर्दै त्यसको दुरुपयोग गरी हुने ठगी र शोषण नियन्त्रण गर्न प्रयास भइरहेको जनाएको छ ।

    अनावश्यक कागजात माग गर्ने र तजबिजीका आधारमा निर्णय गर्ने प्रवृत्ति नियन्त्रण गर्न नेपाल सरकारको २०८२ कात्तिक १३ को निर्णयअनुसार भिजिट भिसामा विदेश जान कम्तीमा ६ महिना वैध राहदानी, हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित प्रस्थान गर्न पाउने व्यवस्था गरिएको स्पष्ट पारिएको छ ।

    यात्रुहरूको आवागमन झन्झटरहित बनाउन नीतिगत सहजीकरण तथा अध्यागमन प्रणाली आधुनिकीकरण गर्दै राष्ट्रिय सुरक्षा सुदृढीकरणमा काम भइरहेको विभागले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij