Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेनको शुभकामना: ‘नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेनको शुभकामना: ‘नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले आमा र मातृभूमिलाई स्वर्गभन्दा पनि महान् भएको उल्लेख गरेका छन्।

    AGNI GROUP

    संस्कृतको प्रसिद्ध श्लोक “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” उद्धृत गर्दै उनले आमाको काखको न्यानोपन र चरणको पवित्रतालाई तीर्थको रूपमा व्याख्या गरेका छन्।

    सन्देशमा प्रधानमन्त्री शाहले आमालाई सृष्टिको मुहान र माया तथा त्यागको अनुपम उदाहरण भन्दै सम्पूर्ण आमाहरूको दीर्घायुको कामना गरेका छन्।

    प्रधानमन्त्री शाहले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताको स्रोतको रूपमा चित्रण गरेका छन्। उनले सन्तानको कर्मले आमालाई सदैव गर्व महसुस गराउन सकियोस् र उनीहरूको अनुहारमा सधैँ खुसी छाओस् भन्ने कामना गरेका छन्।

    उनले मातृभक्तिलाई राष्ट्रप्रेमको भावसँग जोड्दै भनेका छन्, “हे जननी१ म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट