Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रहरीको शव काँधमा बोकेर गृहमन्त्री अन्तिम संस्कारमा

प्रहरीको शव काँधमा बोकेर गृहमन्त्री अन्तिम संस्कारमा

  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ एक प्रहरी अधिकारीको शव काँधमा बोकेर दाहसंस्कारमा पुगेका छन् । काठमाडौँको तार्केश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका प्रहरी निरीक्षक अभय लामाको दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    चैत २९ मा तार्केश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा मोटरसाइकल चलाइरहेका लामालाई ट्रकले ठक्कर दिएको थियो । इन्स्पेक्टर लामाको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको थियो । जापानमा रहेकी उनकी पत्नी र परिवारका सदस्य आउन ढिला भएपछि शुक्रबार उनको दाहसंस्कार गरिएको हो । इन्स्पेक्टर लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij