Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

१ हजार ९७ अपराधीको ‘क्रिमिनल कुण्डली’ तयार गर्दै प्रहरी

१ हजार ९७ अपराधीको ‘क्रिमिनल कुण्डली’ तयार गर्दै प्रहरी

  • काठमाडौं । काठमाडौं प्रहरीले पटक–पटक अपराधमा संलग्न १ हजार ९७ जनाको विस्तृत ‘क्रिमिनल प्रोफाइल’ तयार पारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यो सूची अपराध नियन्त्रणका लागि ‘प्रोएक्टिभ पुलिसिङ’ अन्तर्गत तयार गरिएको हो। सूचीमा जघन्य अपराधदेखि चोरी र गुन्डागर्दीसम्ममा पटक–पटक संलग्न व्यक्तिहरू समावेश छन्।

    onlinepatrika
    Arghakhachi

    त्यसमध्ये १७९ जना प्रत्यक्ष रूपमा गुन्डागर्दीमा सक्रिय रहेको प्रहरीले जनाएको छ। कतिपय व्यक्तिहरूको विवरण अझै अद्यावधिक भइरहेको पनि बताइएको छ। प्रहरीका अनुसार विगतमा राजनीतिक संरक्षणका कारण मौलाएको गुन्डागर्दी अहिले क्रमशः कमजोर हुँदै गएको भए पनि केही व्यक्तिहरू अझै सक्रिय देखिएका छन्।

    AGNI GROUP

    सूचीमा केही पुराना विवादित नामहरू समेत समावेश गरिएको छ, जसमा चक्रे मिलन पनि परेका छन्। उनी विगतमा आपराधिक गतिविधि र राजनीतिक संलग्नताका कारण चर्चामा आएका थिए। प्रहरीले यस्तो प्रोफाइलिङले अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij