Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । सरकार गठनपछिको परिवर्तन नियालिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । हिजो सचिवालय बैठकले तोकेका एजेन्डाहरूमै केन्द्रीय समितिमा छलफल हुनेछ ।
बैठकको कार्यसूचीअनुसार सबैभन्दा पहिला पार्टी गतिविधिबारे विस्तृत ब्रिफिङ हुनेछ । २० जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो रिपोर्टिङ सुनाउनेछन्। उनीहरुलाई बोल्नका लागि २-२ मिनेट मात्र तोकिएको छ ।
बैठकको कार्यसूचीमा आगामी स्थानीय निर्वाचन लक्षित उम्मेदवार क्लब गठन तथा आवेदन आह्वानसम्बन्धी प्रस्ताव पनि परेको छ । विदेशमा भएका नेपालीले उतैबाट मतहाल्न पाउने विषयलाई रास्वपाले बैठकको एजेन्डामा राखेको छ ।
हिजो आइतबार सचिवालय बैठकले गरेका निर्णयहरुलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने र संसदीय दलको विधान समेत परिवर्तन गर्ने विषय पनि कार्यसूचीमा छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij