Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

  • काठमाडौं । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको छ ।

    onlinepatrika
    Arghakhachi

    विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो ।

    AGNI GROUP

    फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि सङ्क्रमण नियन्त्रणम आउन थालेको हो ।

    खोप लगाउनुभन्दा पूर्वदैनिक १० देखि १५ जना दादुराका शङ्कास्पद बिरामी अस्पतालमा आउने गरेकामा पछिल्लो आठ दिनपछि मङ्गलबार निसीखोला गाउँपालिकाको एक जना शङ्कास्पद बिरामी बुर्तिबाङ अस्पतालमा भर्ना भएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए ।

    हालसम्म २३९ जना शङ्कास्पद बिरामी परेका थियो । चौतीस जना शङ्कास्पद बिरामीको नमूना परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा १४ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको प्रमुख शर्माको भनाइ छ ।

    हालसम्म छ हजार १४० जना १० देखि १९ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए। हालसम्म एक जनाबाहेक सबै शङ्कास्पद बिरामी निको भइसकेको उनले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij