Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

  • काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । परिश्रमीले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई तत्कालका लागि ‘होल्ड’ गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार करिब तीन वर्षअघि सुकुम्बासी बस्ती क्षेत्रमा भएको झडपका क्रममा पेट्रोल बम प्रहार तथा ढुंगामुडासम्बन्धी घटनाबारे अनुसन्धान भइरहेको छ । उक्त घटनामा महानगर प्रहरी घाइते भएका थिए ।

    AGNI GROUP

    यसअघि बागमती किनार आसपासका सुकुम्बासी बस्ती खाली गर्न प्रहरीले माइकिङसमेत गरेको थियो । हाल उक्त क्षेत्रमा सरकारको निर्णयविरुद्ध प्रदर्शन भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij