Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बुटवलमा सरकारी जग्गामा बसेको बस्ती हटाउन सुरु

बुटवलमा सरकारी जग्गामा बसेको बस्ती हटाउन सुरु

  • काठमाडौं । बुटवल उपमहानगरपालिका– ४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलासअगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गर्न सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    संघीय सरकारले काठमाडौंका सुकुम्बासी बस्ती खाली गराउन सुरु गरेपछि रुपन्देहीमा पनि अतिक्रमित सरकारी जग्गा संरक्षण गर्न थालिएको हो । बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङ गर्दै सरकारी जग्गामा बनेका संरचना तत्काल हटाउन भनेको थियो । उपमहानगरको निर्देशनपछि आज बिहानैदेखि त्यहाँ बनेका घरटहराधनीले सामान अन्यत्र सार्न थालेका छन् ।

    AGNI GROUP

    तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुलसीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं. ३९६ मा बनाइएका संरचना हटाउन लागिएको बुटवल– ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।

    साविकको कित्ता नं ३९६ अन्तर्गत हाल कित्ता नं ७, ८, १२, ६१, १३, ४ लगायत कित्ता पर्ने भएकाले कुन कित्तामा कसको संरचना छ भन्ने छुट्टयाउने काम भइरहेको उनले बताए । वडाध्यक्ष शर्माले उक्त क्षेत्रमा बुटवल बार एशोसिएसन, प्रदेश प्रमुखको कार्यालयलगायतका संघ–संस्थाका संरचनाहरू रहेकाले ती साविकको कित्तामा पर्ने नपर्ने अझै थाहा हुन नसकेको र यकिन गर्ने काम भइरहेको बताए ।

    उक्त सरकारी जग्गामा बसेको बस्ती हटाउन २०७० सालमै पत्रिकामा सूचना जारी गरिएको भए पनि बस्ती हटेको थिएन । सरकारी जग्गामा बनेका संरचना हटाउने अभियानलाई निरन्तरता दिने उपमहानगरले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij