Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ ।
गोल्छाको पक्षबाट उनकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा मंगलबार सुनुवाइपछि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले रिहाको आदेश किन जारी हुनु नपर्ने हो रु आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना पाएको मितिले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
यसअघि सोमबार काठमाडौं जिल्ला अदालतले गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
गोल्छालाई सीआईबीको टोलीले वैशाख १० गते नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।
नेपाल धितोपत्र बोर्डले को प्रतिवदेनका आधारमा व्यवसायी दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३मा जोडिएपछि गोल्छा पक्राउ परेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij