Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टीयू परिसरमा संयुक्त विद्यार्थी संगठनको मार्चपास

टीयू परिसरमा संयुक्त विद्यार्थी संगठनको मार्चपास

  • काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विभिन्न राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोधमा त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    त्रिभुवन विश्वविद्यालय घण्टाघरदेखि टीयू गेटसम्म मार्चपास गर्दै विद्यार्थीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय संविधान र लोकतान्त्रिक मूल्य(मान्यताविपरीत हुनुका साथै नागरिक अधिकारमाथिको हस्तक्षेप भएको उनीहरूको जिकिर छ ।
    उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग विद्यार्थी नेताहरूले गरेका छन् ।

    AGNI GROUP
    student-marcpass-1-2048x1366.jpg
    undefined

    यसैबीच आन्दोलनरत विद्यार्थीहरूले बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थामा सुरक्षा पोष्ट राख्ने निर्णय कार्यान्वयन नगर्न, मेरिटोक्रेसी (योग्यता प्रणाली) लागू गर्न आग्रह गरेका छन् ।

    विद्यार्थीलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुटलाई यथावत् कायम गर्न र स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्णय पनि फिर्ता लिन माग गरिएको छ ।

    student-marcpass-3-2048x1365.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij