Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

  • काठमाडौँ । रोल्पाका सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले रोल्पाको गंगादेव गाउँपालिका–५, पाखापानीमा ११ वर्षीय बालक लोकेन्द्र विकमाथि भएको कुटपिट तथा उद्धारमा पुगेकाहरूमाथि आक्रमण भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले घटना जानकारीमा आएलगत्तै आफूले जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुखसँग सम्पर्क गरी संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन तथा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको बताए।

    AGNI GROUP

    उनका अनुसार प्रहरीले संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ । घटनापछि पनि प्रहरी प्रशासनसँग आफ्नो निरन्तर संवाद भइरहेको जनाउँदै दोषीमाथि कडा कानुनी कारबाही गर्न उनले पुनः आग्रह गरेका छन् ।

    पुनले न्यायका लागि आवाज उठाउने सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै पीडितलाई न्याय दिलाउन र दोषीलाई कानुनी कठघरामा उभ्याउन निरन्तर खबरदारी आवश्यक रहेको बताएका छन् ।

    कुटपिटबाट घाइते बालक लोकेन्द्र विक र उद्धारका क्रममा आक्रमणमा परेका गोपाल महरको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट