Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्व परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
स्वयम्भूनाथमा आज बिहानैदेखि श्रद्धालुको चहलपहल छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरू बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij