Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
उच्च अदालत विराटनगर, धनकुटा इजलासले २०८० असोज ९ गते १२ वर्ष कैद र २० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका २८ वर्षीय तिलक भन्ने आकाश राईलाई प्रहरीले सुनसरीबाट नियन्त्रणमा लिएको हो।
संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर १ स्थायी घर भएका राई लामो समयदेखि फरार रहँदै आएका थिए। उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको विशेष टोलीले २०८३ वैशाख १८ गते साँझ ६:५० बजेतिर सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ बाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij