Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । धोबीखोला कोरिडोरमा रहेको साततले घर भत्काउन लागिएको छ । सरकारी जग्गाको केही क्षेत्र अतिक्रमण भएको भन्दै घर आजै घर भत्काउन लागिएको हो । यहाँ अहिले प्रहरी र नगरप्रहरी व्यापक संख्यामा परिचालित छन् ।
थुप्रै व्यवसायहरू सञ्चालन भइरहेको यो घरबाट प्रहरीले धमाधम सामान निकालिरहेका छन् । घर भत्काउनका लागि दुईवटा डोजर भर्खरै ल्याइएको छ ।
यो भवमा थुप्रै रेस्टुरेन्ट, स्पा, कन्सल्टेन्सी लगायत थुप्रै व्यवसायहरु सञ्चालनमा रहेका छन् । घर धनीले आफूसँग जग्गाको लालपूर्जा रहेको बताउँदा बताउँदै घर भत्काउन लागिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij