Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुर्गा प्रसाईंको प्रश्नः नेपाली सेना सुकुम्वासी बस्तीमा हुनेपर्ने कि लिपुलेकमा ?

दुर्गा प्रसाईंको प्रश्नः नेपाली सेना सुकुम्वासी बस्तीमा हुनेपर्ने कि लिपुलेकमा ?

  • काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंले यतिबेला सरकारले आफ्नो देशको सीमा रक्षा भन्दा सुकुम्वासीलाई लखेट्ने कार्यलाई प्राथमिकतामा दिएको भन्दै आक्रोश पोखेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सञ्चारकर्मीसँग कुरा गर्दै उनले सर्वहारा बर्ग सुकुम्वासीको पक्षमा लड्ने घोषणा गरे ।

    AGNI GROUP

    उनले भने, ‘म आजबाट सर्वहारा बर्ग, गरिब, सुकम्वासीको पक्षमा लड्छु, सक्छौ भने पक्रेर लैजाउ । यिनीरुले गरिब सर्वहारालाई रुवाएका छन्, त्यसको आँशु लाग्छ ।’

    भूमिहिनहरु सरकारी जग्गामा कहाँ बस्ने भन्ने प्रसाईंको प्रश्न छ ।

    ‘अर्काको प्राइभेट जग्गामा बस्न दिँदैनन् । जानुपर्ने खोलाको किनारमै त हो नि । उनीहरुकै पार्टीका सांसद केपी खनाल पनि सुकुम्वासी रहेछ त ? उसको चाहिँ घर बुवाआमाले दुख गरेर कमाएको रे । अरुले पनि त दुखै गरेर जीवनभरिको कमाइले बनाएका होलान् नि । घर भनेको सपना हो । घर छैन भने जाने सरकारी जग्गामा हो । यही देशमा भुटानीदेखि रोहिंगयासम्मले बास पाउने, आफ्नै देशका जनताले नपाउने र ?’ उनले भने ।

    प्रसाईंले यतिबेला सरकारको ध्यान सुकुम्वासी बस्तिमा नभएर कालापानी लिपुलेकमा हुनुपर्नेमा जोड दिए ।

    उनले भने, ‘भोलीदेखि भारत र चीनले मानसरोबरको बाटो खोल्दैछन् । नेपाली सेनालाई त्यहाँ पठाउनु नि रु आफ्नो भूमि फिर्ता ल्याउनुपर्दैन रु ग्रेटर नेपालको नक्सा लगाएको होइन मेयर हुँदा रु त्यो भूमि किन फिर्ता ल्याउँदैन रु नेपाली सेना आज सुकुम्वासी बस्तिमा हुनुपर्ने कि लिपुलेक कालापानीमा हुनुपर्ने रु बालेन कहाँ हुनुपर्ने ।

    उनी डोजर लिएर सुकुम्वासी बस्तिमा होइन लिपुलेक कालापानीमा हुनुपर्ने रु आज सामाजिक सञ्जालमा यिनीहरुले २ हजार जना मान्छे मुख छाड्नलाई मात्र राखेका छन् । एल्गोरिद्म र सोसल मिडिया कब्जा गरेर कसैलाई बोल्न दिँदैनन् । बोल्यो कि अमाचकारी गाली आउँछ । तर, म यो प्रवित्ति विरुद्ध एक्लै भए पनि लड्छु ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij