Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लिपुलेक विवाद समाधानका लागि तत्काल वार्ताको टेबलमा बस्नुपर्छ : ओली

लिपुलेक विवाद समाधानका लागि तत्काल वार्ताको टेबलमा बस्नुपर्छ : ओली

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले लिपुलेक विवाद समाधानका लागि तत्काल वार्ताको टेबलमा बस्नुपर्ने बताएकी छन्।

    onlinepatrika
    Arghakhachi

    यस विवादमा प्रेस विज्ञप्ति जारी गर्नु मात्रै पर्याप्त नभएको भन्दै उनले यस्तो बताएकी हुन्। हामी भारत र चीन दुवैसँग नक्सागत असमझदारीको गम्भीर अवस्थाबाट गुज्रिरहेका छौँ, उनले सामाजिक सञ्जालमा लेखेकी छन्, हामीले प्रेस विज्ञप्ति जारी गर्नु मात्रै पर्याप्त छैन । सरकारले आफ्नो कूटनीतिक क्षमता देखाउँदै तत्काल वार्ताको टेबलमा बसेर ठोस परिणाम निकाल्नैपर्छ।

    AGNI GROUP

    उनले विगतजस्तै यो विषयमा केही दिन चर्चा गर्ने र फेरि समाचार हेडलाइनमा नआएसम्म फेरि चुपचाप बस्ने छुट नेपाल सरकारलाई नभएको बताइन्। दुईतिहाइ बहुमतसहितको सरकारले अब यो विषयलाई कुनै ‘यदि’ वा ‘तर’ बिना वार्ताको टेबलमा बसेर समाधान गर्न उनले आग्रह गरिन्। 

    ओलीले लेखेकी छन्, विगतजस्तै यो विषयमा केही दिन चर्चा गर्ने र फेरी समाचार हेडलाइनमा नआएसम्म फेरि चुप-चाप बस्ने छुट नेपाल सरकारलाई छैन। हाम्रो राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डतामाथि सम्झौता हुन सक्दैन। दुई तिहाइ बहुमतसहितको हाम्रो सरकारले अब यो विषयलाई कुनै ‘यदि’ वा ‘तर’ बिना वार्ताको टेबलमा बसेर समाधान गर्न आग्रह गर्दछु।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij