Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका सबै एमाले सांसदहरूलाई छलफलका लागि गुन्डु डाकेका छन्। अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ सांसदहरूसँग आज ११ बजे गुन्डुमा छलफल गर्ने भएका हुन्।
प्रदेशका केही सांसदहरूले संसदीय दलको नेता परिवर्तनको विषय लिएर केही समयअघि अध्यक्ष ओलीलाई भेटेका थिए। ओलीले त्यस विषयमा सामूहिक छलफलपछि मात्रै अगाडि बढ्नुपर्ने ओलीको संकेत छ। आज ११ बजे संसदीय दलको नेताको विषयमा छलफल हुने एमालेका एक सांसदले जानकारी दिए।
ओलीले आवश्यक ठानेको अवस्थामा दलको नेता फेर्न सक्नेछन्, तर त्यसपछि कसलाई बनाउने भन्ने विषयमा भने सबै सांसदहरू एकमत छैनन्। उपनेता रहेकी सन्तोष शर्मा थापा आफू दलको नेता बन्नुपर्ने बताउँछिन् । उता प्रमुख सचेतक चक्र मल्ल पनि दलको नेताको दौडमा छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij