Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्राफिक कारबाहीबाट ६ लाख ४१ हजार राजस्व संकलन

ट्राफिक कारबाहीबाट ६ लाख ४१ हजार राजस्व संकलन

  • काठमाडौं । बितेका २४ घण्टामा २ हजार २१८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ६ लाख ४१ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७०, ट्राफिक संकेत उल्लंघनकर्ता १४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।

    AGNI GROUP

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९४, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने १३८, एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य सवारी नियमपालना नगरेका १ हजार हजार १२५ जनालाई कारबाही गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट