Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से परिसूचकमा सामान्य गिरावट, तीन अर्ब १९ करोडबढीको कारोबार

नेप्से परिसूचकमा सामान्य गिरावट, तीन अर्ब १९ करोडबढीको कारोबार

  • काठमाडौं । बुधबार नेप्से परिसूचक स्थिर छ। बुधबार २७१२ विन्दुमा बन्द भएको नेप्से यसदिन २७११ विन्दुमा बन्द भएको हो।

    onlinepatrika
    Arghakhachi

    कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ३ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब १९ करोड रूपैयाँको कारोबार भएको छ।

    AGNI GROUP

    यसदिन ३३६ वटा धितोपत्रको ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर किनबेच भएको हो। बुधबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्।

    यसदिन, फरवार्ड माइक्रोफाइनान्सको मूल्य सर्वाधिक १३.७४ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३०० रूपैयाँ पुगेको छ।

    यस्तै, अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य ५.९५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५७० रूपैयाँ कायम भएको छ।सर्वाधिक मूल्य घट्नेमा भगवती हाइड्रोपावर रहेको छ।

    उक्त कम्पनीको मूल्य ८.९० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६२८ रूपैयाँ ६० पैसामा झरेको छ। यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ७.२७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २० रूपैयाँमा सीमित भएको छ। बुधबार सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट