Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मौसम

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

  • काठमाडौं । हाल कोशी प्रदेशका केही स्थान र अन्य प्रदेशका एक-दुई स्थानमा हल्कादेखि छिटपुट वर्षा भैरहेको छ । 

    onlinepatrika
    Arghakhachi

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपात हुने सम्भावना छ । तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    AGNI GROUP

    महाशाखाका अनुसार राति कोशीका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा मधेश र बाँकी प्रदेशका पहाडी र हिमाली  भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।

    हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट