Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पातारासी गाउँपालिका-५, का वडाध्यक्ष दत्तबहादुर बुढा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार, बुधबार एक २६ वर्षीया महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।
‘घटनाबारे थप अनुसन्धान हुँदै छ,’ उनले रातोपाटीसँग भने, ‘महिला अविवाहित हुन् भने वडाध्यक्ष विवाहित हुन् ।’
अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij