Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

स्याहारको झन्झट्ले सासूको हत्या, ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

स्याहारको झन्झट्ले सासूको हत्या, ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • काठमाडौँ । प्यूठानमा सासूको हत्या आरोपमा सौतेनी बुहारी पक्राउ परेकी छन् । प्यारालाइसिस भएकी स्वर्गद्वारी नगरपालिका-६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनार २०७९ मंसिर १ गते मृत अवस्थामा भेटिएकी थिइन् ।

    onlinepatrika
    Arghakhachi

    टाउकोमा गम्भीर चोट लागेको अवस्थामा छिमेकीको बारीमा मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

    AGNI GROUP

    प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले घटनाबारे प्रतिवादी खुल्न नसकेकाले हालसम्म त्यसै राखिएको र अनुसन्धानबाट सौतेनी कान्छी बुहारीको संलग्नता खुल्न आएपछि पक्राउ गरिएको बताए ।

    जिल्ला अदालतबाट उनीविरूद्ध पक्राउ पुर्जी लिई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको भट्टराईले बताए। सासू धनीकुमारी प्यारालाइसिसबाट थलिएपछि रेखदेख गर्नका झन्झट्ले बुहारीले हत्या गरेको प्रारम्भिक अनुसन्धानसहित प्रहरीले मुद्दा अघि बढाएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट