Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानन्यायाधीशमा सिफारिस मनोज शर्माको संसदीय सुनुवाइ आजै

प्रधानन्यायाधीशमा सिफारिस मनोज शर्माको संसदीय सुनुवाइ आजै

  • काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज शर्माको संसदीय सुनुवाइ आजै हुने भएको छ।

    onlinepatrika
    Arghakhachi

    संघीय संसदको संसदीय सुनुवाइ समितिले शुक्रबार नै शर्माको संसदीय सुनुवाइ गर्ने प्रयोजनका लागि बैठक बोलाएको हो।

    AGNI GROUP

    बैठक अपराह्न ४ बजे राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बस्ने भनिएको छ।

    संवैधानिक परिषदको सिफारिसपछि संसदीय समितिले अनुमोदन गरेपश्चात राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछ।  

    बिहीबार संवैधानिक परिषदले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो।

    बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

    संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर चौथो वरियतामा रहेका शर्मालाई सिफारिस गरेको हो।

    न्याय परिषदको निर्णयमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भिष्मराज आङ्देम्बेले नोट अफ डिसेन्ट लेखेका थिए।

    नेपाली कांग्रेस र नेकपा एमालेले पनि यो सिफारिसको विरोध गरेका छन्।सर्वोच्च अदालतमै यो विषयमा शुक्रबार रिट पेस भएको छ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले शुक्रबार सर्वोच्चमा रिट दिएका हुन्। रिट दर्ता भइसकेको छैन। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट