Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बझाङकी १२ वर्षीया बालिका सम्झना विकको हत्या प्रकरणमा सजाय काटिरहेका राजेन्द्र बोहरा अस्पतालको शौचालयबाट फरार भएपछि ड्युटीमा खटिएका तीन जना प्रहरी निलम्बनमा परेका छन्।
ड्युटीमा खटिएका बेला उनी फरार भएपछि जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत हवल्दार धनसिंह सामन्त, प्रहरी जवान राज कुमार विक र नरेश बहादुर धामी निलम्बनमा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij