Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राजनीतिक दललाई निर्वाचन आयोगले छलफलमा बोलायो

राजनीतिक दललाई निर्वाचन आयोगले छलफलमा बोलायो

  • काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई छलफलमा बोलाएको छ ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा छलफल गर्न आयोगले दलहरूलाई बोलाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

    AGNI GROUP

    सोमबार भोलि बिहान साढे ११ बजे छलफलमा बोलाएको निर्वाचन आयोगले जनाएको छ । सातवटा ऐनलाई एकीकृत गरी आयोगले २०८० असार १८ गते विधेयकको मस्यौदा सरकारलाई पठाएको थियो । उक्त विधेयक लामो समय गृह मन्त्रालयमा थन्कियो ।

    केही परिमार्जनको गृहकार्य पनि भएको थियो । तर, संसद् विघटनपछि गृहले पुनस् आयोगमा नै फर्काएको थियो । आयोगले मस्यौदामा सुझाव दिन यही वैशाख १५ गते दलहरूलाई पत्राचार पनि गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट