Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल

राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल

  • काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले सत्तापक्षको कार्यशैलीप्रति कटाक्ष गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखा पर्न थालेको भन्दै प्रधानन्यायाधीश सिफारिसप्रति संकेत गर्दै पोखरेलले कटाक्ष गरेका हुन् ।

    AGNI GROUP

    सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् महासचिव पोखरेलले विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको स्मरण गराएका छन् ।

    ‘सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था हो। राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही ढंगले त्यसलाई खण्डितगरी संस्थागत अस्थिरता निम्त्याउने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुन्छन्’, महासचिव पोखरेलले भनेका छन्, ‘यस्ता कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्‍याउने खतरा रहन्छ । विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार हो ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij