Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

  • काठमाडौँ । व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा २ सय ६६ जना दीर्घरोगीलाई मासिक पाँच हजार रुपैयाँका दरले ३९ लाख २८ हजार रुपैयाँ सहयोग गरेको छ ।
     
    रकम सम्बन्धित व्यक्तिको बैंक खातामा दाखिला गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । दीर्घरोगका कारण नियमित उपचार गर्नुपर्ने र आर्थिक रूपमा समस्यामा परेका नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको उनले बर्ताए ।
     
    नगरपालिकाले क्यान्सर, मिर्गौला रोग, मुटुरोग, पक्षघातलगायतका दीर्घरोगबाट पीडित नागरिकलाई लक्षित गरी यो सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यस्ता रोगका बिरामीले नियमित औषधोपचार, परीक्षण तथा अस्पताल आवतजावतमा ठूलो आर्थिक भार व्यहोर्नुपर्ने भएकाले स्थानीय सरकारले सहयोगको नीति अघि सारेको उनको भनाइ छ ।
     
    ‘दीर्घरोगका बिरामीलाई उपचार खर्च जुटाउन निकै कठिन हुने अवस्था छ । स्थानीय सरकार नागरिकको नजिकको सरकार भएकाले यस्ता वर्गलाई प्राथमिकतामा राखेर सहयोग कार्यक्रम सञ्चालन गरिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने ।
     
    नगरपालिकाले सामाजिक सुरक्षा तथा जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट