Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धनगढी उपमहानगरले गोदावरीका मेयरलाई ३५ हजार क्षतिपूर्ति तिराउने

धनगढी उपमहानगरले गोदावरीका मेयरलाई ३५ हजार क्षतिपूर्ति तिराउने

  • काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाले गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई क्षतिपूर्ति तिराउने भएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर मेयर भट्टले चलाएको गाडी सडक छेउको रेलिङमा ठोक्किएर क्षति भएपछि उपमहानगरले क्षतिपूर्ति तिराउने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    गाडी ठोक्किएर रेलिङमा क्षति पुगेको र मर्मतमा ३५ हजार रुपैयाँ खर्च हुने इस्टिमेट निकालिएको उपमहानगरपालिकाले जनाएको छ । ‘नगर क्षेत्रभित्रका सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति असुल गर्ने अभ्यास उपमहानगरको छ,’ धनगढीका मेयर गोपाल हमालको सचिवालयले भन्यो, ‘रेलिङमा क्षति पुगेपछि पनि सम्बन्धित व्यक्तिबाटै असुल गर्न लागिएको होला ।’

    AGNI GROUP

    उपमहानगरपालिकाका अनुसार उक्त रकम असुल गर्न नगर प्रहरी पठाइएको थियो । मेयर भट्टले भने रेलिङ आफै मर्मत गरिदिने प्रतिबद्धता जनाएका छन् ।

    यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पनि मेयर भट्टलाई एक हजार जरिवाना तिराएको थियो । मापसे गरेर गाडी चलाएको भन्दै पाँच सय र लापर्बाही गरेकोमा थप पाँच सय गरी एक हजार रुपैयाँ जरिवाना तिराइएको थियो ।

    गत शनिबार राति मेयर भट्टले चलाएको सुपप्र ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडी धनगढी–अत्तरिया ६ लेन सडकखण्डको गेटा क्षेत्रमा दुर्घटनामा परेको थियो । दुर्घटनास्थल धनगढी उपमहानगरपालिकामा पर्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट