Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ दुर्गा फाँट कुडेलेमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्। ध१ख ५०४ नम्बरको बस दुर्घटना भएको पाणिनी गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली पुगिसकेको छ भने घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा पठाइएको जनाइएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पर्वत जिल्ला मोदी गाउँपालिका पातिचौरबाट अर्घाखाँची जिल्लाको सुपादेउराली दर्शन गर्न गएको दर्शनार्थी सवार बस दुर्घटना भएको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij