Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा राखेको धारणामा दुई सांसदले नियमापत्ति गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बादलले सेनाबारे गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै रास्वपा सांसद मनिष खनाल र राप्रसा सांसद खुश्बु ओलीले नियमापत्ति गरेका हुन्।
उनीहरूले सेनाबारे बादलले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरे । यस्तै सांसद खनालले जनताबाट अनुमोदिन रास्वपाबारे पनि बादलले गैरजिम्मेवार अभिव्यक्ति दिएकाले रेकर्डबाट हटाउन माग गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij