Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सर्वोच्च अदालतको इजलासमै हुलहुज्जत गरेपछि वादी अभियन्ता रोशनी वादीलाई प्रहरीले नियन्त्रण गरेको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको काठमाडौंका प्रहरी प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
हाल प्रदर्शनमा रहेको चलचित्र ‘लालीबजार’ विरुद्ध संघर्ष गरिरहेकी रोशनी आज आफ्नो मुद्दाको सुनवाइका लागि इजलासमा उपस्थित भएकी थिइन् । आफूले हालेको रिटमा सुनवाइ भइरहँदा उनले हुलहुज्जत गरेको भट्टराईको भनाइ छ । त्यहाँबाट नियन्त्रणमा लिएर होल्ड गरिएको उनले बताए ।
यो चलचित्रले वादी समुदायका महिलाहरुलाई बदनाम गरेको भन्दै प्रदर्शन रोक्नुपर्ने माग रोशनीको छ । केही दिनअघि उनी रास्वपा सभापति रवि लामिछानेको गाडी अगाडि सुतिदिएकी थिइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij