Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस छिन्नभिन्न अवस्थामा पुगिसकेको छ : पूर्णबहादुर खड्का

कांग्रेस छिन्नभिन्न अवस्थामा पुगिसकेको छ : पूर्णबहादुर खड्का

  • काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टी छिन्नभिन्न अवस्थामा रहेकाले पार्टीलाई एकताबद्ध र मजबुत बनाउने उद्देश्य आफूहरू क्रियाशील रहेको बताए।

    AGNI GROUP

    पूर्वकार्यवाहक सभापति खड्काले पार्टी विभाजनको अवस्थामा गएको भन्दै यसलाई रोक्न पार्टी नेता र कार्यकर्ता गम्भीर हुनुपर्नेमा जोड दिए। उनले सभापति गगनकुमार थापालाई सिङ्गो कांग्रेसको सभापति भएर नेतृत्व गर्न आग्रह गरे।

    खड्काले घेराबन्दी र गुटबन्दीबाट जोगिएर सही नेतृत्व गर्नु आजको आवश्यकता रहेको धारणा राखे। उनले कांग्रेसमा समस्या आउँदा देशले नै समस्या भोग्नुपरेको स्मरण गर्दै हाल देखिएका समस्या समाधान गरेर पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

    कांग्रेस नेता जीवनबहादुर शाहीले पार्टीलाई बलियो बनाउन जिम्मेवार भूमिका खेल्न सबैलाई आग्रह गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij