Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँमा चक्कु प्रहार गरी सालोको हत्या

काठमाडौँमा चक्कु प्रहार गरी सालोको हत्या

  • काठमाडौं । काठमाडौँको चन्द्रागिरिमा एक व्यक्तिले नातामा सालो पर्ने युवकको हत्या गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    महोत्तरी घर भइ चन्द्रगिरि नगरपालिका–३ थानकोट खरिबोट बस्दै आएका ३८ वर्षीय समि अहमतले नातामा सालो पर्ने युवकलाई चक्कु प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

    AGNI GROUP

    हत्या हुनेमा महोत्तरीको गौशाला नगरपालिका- ५ घर भएका २५ वर्षका जाकिर मन्सुरी छन्। आरोपी अहमतको घर पनि महोत्तरीको गौशाला नै हो।  

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले नेपालखबरलाई दिएको जानकारी अनुसार अहमदले घरायसी विवादमा तरकारी काट्ने चक्कु प्रहार गरी गएराति सालोको हत्या गरेको खुलेको छ।

    चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएको थियो।

    उपचारको क्रममा गएराति साढे ९ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। 

    आरोपी समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ। 

    युवकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट